नेपाली कथानक चलचित्र काँचुली को अफिसियल पोस्टर सार्बजनिक • Nepal's Trusted Digital Newspaperनेपाली कथानक चलचित्र काँचुली को अफिसियल पोस्टर सार्बजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली कथानक चलचित्र काँचुली को अफिसियल पोस्टर सार्बजनिक

नेपाली कथानक चलचित्र काँचुली को अफिसियल पोस्टर सार्बजनिक

  • मङ्लबार, असार १७, २०७६
नेपाली कथानक चलचित्र काँचुली को अफिसियल पोस्टर सार्बजनिक

काठमाडौँ, १७ असार । बि जि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुति रहेको नेपाली कथानक चलचित्र काँचुलीको पहिलो पोस्टर सार्बजनिक भएको छ । चलचित्र युनिटले आज   काठमाडौँको भद्रकाली मन्दिर परिसरमा अनाथ असहाय हरु लाई दहि चिउरा बितरण गर्दै चलचित्रको पहिलो पोस्टर सार्बजनिक गरेको हो ।

Shawan 24 kachuli

चलचित्रमा शुभेच्छा थापा,रबिन श्री,सुभाष गजुरेल,शर्मिला शर्मा र राजन महर्जन को मुख्य भुमिका रहेको छ । छायांकन सुशील डाँगी,दन्द्व देव महर्जन ,नृत्य राजन महर्जन र दिलिप राई ,बितरण तिरुपती फिल्मसका लागि सरोज शर्मा र सुनिता भट्टराई ,लेखनर निर्देशन शंकर अधिकारी घायल को रहेको छ ।

चलचित्रमा संगीत राजु लामा, राजेन्द्र बजगाईँ ,शंकर अधिकारी घायलको रहेको छ भने सपना ,नित्याशिवा,राजेन्द्र बजगाइ र शम्भु रै का आवाज रहेको छ । काँचुली श्रावण २४ गते रिलिज गरिने चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए । आज नै सामाजिक विषय बस्तुमा तयार पारिएको नेपाली कथानक चलचित्र चार्जर को पनि घोषणा गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका