विश्वकप क्रिकेटमा आज भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै | Samacharpati विश्वकप क्रिकेटमा आज भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै – Samacharpati
Samacharpati
शनिबार, अशोज ३०, २०७८
  • होमपेज
  • विश्वकप क्रिकेटमा आज भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

विश्वकप क्रिकेटमा आज भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

  • रासस
  • मङ्लबार, असार १७, २०७६
विश्वकप क्रिकेटमा आज भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

विश्वकप क्रिकेटमा आज बलियो भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । विर्मिङह्याममा नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा भारतले बंगलादेशसँग खेल्नेछ । सेमिफाइनल नजिक रहेको भारत बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । यता, बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहन्छ । बंगलादेश विरुद्ध भारत स्पष्ट जितको खोजिमा हुनेछ । इंग्ल्यान्डविरुद्ध यसअघि पराजित भएको भारत आजको खेल आफ्नो पकडमा पार्न चाहन्छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वषार्को कारण अंक बाँड्दै ११ अंक बनाएको छ । अब भारत फाइनल पुग्नका लागि एक खेल काफी छ । यता, बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा वषार्को कारण अंक बाँड्दै सात अंक बनाएको छ । यसअघि भएको खेलमा श्रीलंकाको ८ खेलबाट तीन खेलमा जित र तीन खेलमा हार तथा दुई खेलमा भने वर्षाको कारण अंक बाँड्दै ८ अंक भएको छ । अब श्रीलंका सेमिफाइनलमा पुग्नका लागि इंग्ल्यान्ड र पाकिस्तानले हार्नु पर्छ भने बंगलादेशले पनि दुई खेल मध्ये एक खेल हार्नु पर्छ । तर श्रीलंकाले आफ्नो अन्तिम खेलमा भने फराकिलो अन्तरले जित हात पारेमा उसको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

आजको ट्रेन्डिङ समाचार