आइफा अवार्डका लागी सरकारले बजेट छुट्याइएको छैन : संचारमन्त्री • Nepal's Trusted Digital Newspaperआइफा अवार्डका लागी सरकारले बजेट छुट्याइएको छैन : संचारमन्त्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आइफा अवार्डका लागी सरकारले बजेट छुट्याइएको छैन : संचारमन्त्री

आइफा अवार्डका लागी सरकारले बजेट छुट्याइएको छैन : संचारमन्त्री

  • सोमवार, असार १६, २०७६
आइफा अवार्डका लागी सरकारले बजेट छुट्याइएको छैन : संचारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तराष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको बताउनुभएको छ । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो । आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि उहाले बताउनुभयो । उहाले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव दिन पनि दिनुभयो । सरकारले जे गरेपनि खाली आलोचना मात्रै हुने गरेको गुनासो गर्दै उहाले काँग्रेसलाई रुखको टुप्पोमा बसेर जरो हल्लाएँ भन्ने भ्रममा नपर्न सुझाव दिनुभयो । यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि बताउनुभयो । कार्यक्रममा वरिष्ठ १५ जना कलाकारलाई विशेष सम्मान गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका