दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढ्नु पर्छ : सभामुख | Samacharpati दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढ्नु पर्छ : सभामुख – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढ्नु पर्छ : सभामुख

दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढ्नु पर्छ : सभामुख

दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढ्नु पर्छ : सभामुख

सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताउनुभएको छ । पूर्वसांसद मञ्च, नेपालद्वारा ६१औँ संसद् दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले विगतको अनुभवबाट वर्तमानको चुनौतीलाई पार लगाउँदै अनुकूल र सम्भावनायुक्त भविष्यको मार्ग सुनिश्चित गरेर अघि बढ्न सक्नुपर्ने बताउनुभयो । विगतको कमी कमजोरीलाई लिएर एकआपसमा दोषारोपण गर्न नहुने उहाको भनाई छ । उहाले संसदीय अभ्यास धरापमा परेको बहसका बारेमा समीक्षा गर्नुपर्ने धारणा पनि राखनुभयो । कार्यक्रममा मञ्चद्वारा वार्षिकरुपमा प्रकाशित बुलेटिनको चौथो अङ्क लोकार्पण गरिएको थियो । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पहिलोपटक २०१५ सालमा भएको संसदीय निर्वाचनमा विजयी भएका सांसदले शपथ लिएको दिन असार १६ गतेलाई संसद् दिवसका रुपमा मनाउने गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार