काठमाडौँ, २० जेठ । नेपाली गीत संगीतमा नयाँ नया गीतहरु सार्बजनिक हुने क्रम निरन्तर जारी छ । यसैबिच नेपालि सांगितिक बजारमा भर्खर मात्र आएको निकै रमाइलो गीत कोइली सार्बजनिक भएको छ । कृश क्षेत्री र रन्जु मगरको सुमधुरस्वरमा रहेको कोइली सार्बजनिक भएको हो । ओम रानाको शब्द रहेको गीतको लय भने गायक कृशकै रहेको छ ।
अहिलेका युवा पुस्तालाई समेटेर बिषय बनाइ तयार पारीएको कोइली गीतमा प्रकाश भट्टले निर्देशन गरेका छन् । यस गीतमा दुर्गेश थापा र नगमा श्रेष्ठको दमदार अभिनय रहेको छ । भिडियोलाई अत्यन्तै मन पराइएको छ ।