एक महिने सिपमूलक तथा नेतृत्व विकास तालिम सुरु • Nepal's Trusted Digital Newspaperएक महिने सिपमूलक तथा नेतृत्व विकास तालिम सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एक महिने सिपमूलक तथा नेतृत्व विकास तालिम सुरु

एक महिने सिपमूलक तथा नेतृत्व विकास तालिम सुरु

  • आइतवार, जेष्ठ १९, २०७६
एक महिने सिपमूलक तथा नेतृत्व विकास तालिम सुरु

पोखरा, १९ जेठ । आमा मिलन केन्द्र पोखराको आयोजना तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा एक महिने मखमलको जुत्ता,चप्पल तथा नेतृत्व विकास तालिमको सुरु भएको छ । तालिमको आज एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्रालयका प्रतिनिधि युवराज अर्यालले उद्घाटन गर्नुभएको हो ।

traning

कार्यक्रममा बोल्र्दै अर्यालले महिलालाई उद्यमशिलतामा जोड्नको लागि यस्ता सिपमुलक कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै सफल रुपमा तालिम समापनको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा आमा मिलन बहुउद्देशिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णा बहादुर थापा, सहकारीका प्रवन्ध निर्देशक ध्रुव राज पौडेल, सहकारी सन्चालक समितिका सदस्य कमला श्रेष्ठ,जेष्ठ नागरीक परिचालन समितिका सहसंयोजक शेष बहादुर थापाले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

४२ जनाको सहभागिता रहेको उक्त एक महिने तालिममा प्रशिक्षण मनमाया गुरुङले गर्ने केन्द्रकी अध्यक्ष ईन्द्रा पौडेलले जानकारी दिनुभयो । आमा मिलन केन्द्रकी अध्यक्ष ईन्दिरा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्मला घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो,भने कार्यक्रमको सन्चालन केन्द्रकी कोषाध्यक्ष खुमा लम्सालले गर्नु भएको केन्द्रकी अध्यक्ष पौडेलले जानकारी दिनुभयो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका