आमाको स्मृतिमा सांसद गुरुङद्धारा छात्रबृत्ति वितरण • Nepal's Trusted Digital Newspaperआमाको स्मृतिमा सांसद गुरुङद्धारा छात्रबृत्ति वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आमाको स्मृतिमा सांसद गुरुङद्धारा छात्रबृत्ति वितरण

आमाको स्मृतिमा सांसद गुरुङद्धारा छात्रबृत्ति वितरण

  • आइतवार, जेष्ठ १९, २०७६
आमाको स्मृतिमा सांसद गुरुङद्धारा छात्रबृत्ति वितरण

पोखरा, १९ जेठ । गण्डकी प्रदेशका सांसद मीना गुरुङले आफ्नी आमाको स्मृतिमा छात्रबृत्ति वितरण गरेकी छन्। आमा धनकुमारी गुरुङ र सानी आमा धनसुब्बा गुरुङको स्मृतिमा सांसद गुरुङले क्यूपेक नेपालको २३ औं स्थापना दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजित एक समारोहका बिच गरिब तथा जेहेन्दार दुई जना छात्रालाई छात्रबृत्ति वितरण गरेकी हुन्।

अम्मरसिंह नमुना माविकी कक्षा २ मा अध्ययनरत छात्रा आयुषा पौडेल र सिद्ध बाराही मावि कक्षा ७ मा अध्ययनरत समिक्षा भण्डारीलाई सांसद गुरुङले छात्रबृत्ति स्वरुप जनही ७ हजार ५ सय साथमा शैक्षिक सामाग्रि(झोला र कपि) सहयोग हस्तान्तरण गरेकी हुन्। उनले हरेक बर्ष गण्डकी प्रदेशका दुई जना छात्रालाई यसै गरी छात्रबृत्ति वितरण गर्ने योजना बनाएको बताइन्।

सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको हौसला स्वरुप सानो सहयोगको अभियान सुरु गरेको उनले बताइन्। क्यूपेक नेपाल कास्की जिल्ला कमिटिका अध्यक्ष हरीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव तिर्थराज मगरले कार्यक्रम संचालन गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका