सधैं हाँसिरहने रवीन्द्रले अहिले सबैलाई रुवाएर गए (भिडियोसहित) | Samacharpati सधैं हाँसिरहने रवीन्द्रले अहिले सबैलाई रुवाएर गए (भिडियोसहित) – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • सधैं हाँसिरहने रवीन्द्रले अहिले सबैलाई रुवाएर गए (भिडियोसहित)

सधैं हाँसिरहने रवीन्द्रले अहिले सबैलाई रुवाएर गए (भिडियोसहित)

सधैं हाँसिरहने रवीन्द्रले अहिले सबैलाई रुवाएर गए (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदका रुपमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गर्न पुग्नुभएका उहाँ फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन हुनुभएको थियो । उहाँको जन्म विसं २०२६ वैशाख २२ गते पोखरामा भएको थियो ।

उहाँको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारकोतर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।”

रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराउनुभयो ।

विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आफूले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझारी, आक्रोश, रिस नदेखिएको र उहाँ सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिका धनी हुनुहुन्थ्यो ।”

स्वच्छ आचरणशील, कर्मठ, क्रियाशील, अनुशासित र इमान्दार पार्टीको कार्यकर्ताका रुपमा उहाँ रहनुभएको बताउँदै नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले उहाँ देश र जनताप्रति समर्पित, चिन्तक, विश्लेषक र लेखकका नेताका रुपमा पनि परिचित हुनुहुन्थ्यो भन्नुभयो ।

सरकारी कामको सिलसिलामा चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरी फर्कने क्रममा दुखद् घटनाको स्मरण गर्दा प्रधानमन्त्रीले भावुक हुँदै भन्नुभयो, “वर्षौंसम्म मन्त्री भएर गर्न नसकेको काम एक वर्षमै गरेका रवीन्द्रले आफ्ना पद चिह्न छाड्नुभएको छ जुन वर्षौंसम्म कायम रहनेछ ।”

वाइडबडीको काण्ड रवीन्द्र मन्त्री बन्नुभन्दा पहिलेको घटना रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “क्षुद्रमतिका मानिस र केही संस्थाले पोलेको, आफूले निर्दोषलाई निर्दोष भन्न नपाउने तर, क्षुद्रमतिले निर्दोषलाई दोषी भन्न पाउने ? प्रतिप्रश्न गर्नुभयो ।”

रवीन्द्र अधिकारीको बाल्यकालदेखि राजनीतिक अवस्थाका साथै उहाँ हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका फागुन १५ गतेका दिन तेह्रथुम डाँडामा दिनुभएको अन्तिम भाषणबाट प्रधानमन्त्री ओलीदेखि मञ्चमा आसिनका साथै सभागृहमा उपस्थित जनसमुदाय वृत्तचित्र हेरेर भावुक भएका थिए भने कतिपयको आँखा रसाएका थिए ।

सो प्रतिष्ठानको शुभारम्भको अवसरमा रवीन्द्र अधिकारीकी माता लक्ष्मी अधिकारी, पिता इन्द्रप्रसाद अधिकारी, प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यका साथै रवीन्द्रका भाइ कमल अधिकारी , बहिनि बिमल अधिकारी , दुई सुपुत्र विराज र स्वराज अधिकारी लगायतका नातेदार, इष्टमित्रका साथै कानून तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, युवा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेकपाका नेताहरु, योगेश भट्टराई, राजन भट्टराईलगायत नेकपा पार्टीका नेता र विभिन्न सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

भिडियो

आजको ट्रेन्डिङ समाचार