नेपाल र नेपालीले भोग्नु परेको पिडालाई समेटिएको नयाँ देशभक्ति गीत ”ललिपप” सार्वजनिक भएको छ । लोकलयमा रहेको उक्त गीतमा चर्चित गायिका जुजु रिजालसंग ”धमला-धमला ऋषी धमला” बोलको गीतबाट ख्याति कमाएका गायक प्रदिप त्रिपाठीले आवाज मिसाएका छन्।
निर्मल खत्रीको शब्द र टेक नारायण चापागाईको मिठो संगीत रहेको ललिपपलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । प्रस्तुत गीत मार्फत नेपालको वर्तमान समयकाल र यस्ले निम्त्याएको प्रतिकुलतालाई निर्मल खत्रीले उत्कृष्ट शब्दमा सजाएका छन् ।
हेर्नुहोस यस्तो छ देश भक्ति गीत