टिपरको ठक्करबाट पत्रकार नन्दबहादुरको घटनास्थलमै मृत्यु | Samacharpati टिपरको ठक्करबाट पत्रकार नन्दबहादुरको घटनास्थलमै मृत्यु – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • टिपरको ठक्करबाट पत्रकार नन्दबहादुरको घटनास्थलमै मृत्यु

टिपरको ठक्करबाट पत्रकार नन्दबहादुरको घटनास्थलमै मृत्यु

टिपरको ठक्करबाट पत्रकार नन्दबहादुरको घटनास्थलमै मृत्यु

काठमाडाैं, २९ जेठ । टिपरको ठक्करबाट सुर्खेतमा पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिन्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भेरीगङ्गा नगरपालिका-८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लेकवेशी नगरपालिका– ७ कल्याण निवासी गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक सम्पादक थिए । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ ।

मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् ।

source:onlinekhabr

आजको ट्रेन्डिङ समाचार