स्याङ्गजा- खड्केटारीमा परिवर्तन युवा क्लबको आयोजनामा बृहत नि:शुल्क आँखा शिविर सम्पन्न • Nepal's Trusted Digital Newspaperस्याङ्गजा- खड्केटारीमा परिवर्तन युवा क्लबको आयोजनामा बृहत नि:शुल्क आँखा शिविर सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्याङ्गजा- खड्केटारीमा परिवर्तन युवा क्लबको आयोजनामा बृहत नि:शुल्क आँखा शिविर सम्पन्न

स्याङ्गजा- खड्केटारीमा परिवर्तन युवा क्लबको आयोजनामा बृहत नि:शुल्क आँखा शिविर सम्पन्न

  • आइतवार, जेष्ठ १९, २०७६
स्याङ्गजा- खड्केटारीमा परिवर्तन युवा क्लबको आयोजनामा बृहत नि:शुल्क आँखा शिविर सम्पन्न

सुनिताकार्की,  फेदीखोला, १९ जेठ । स्याङ्गजा फेदीखोला -२ खड्केटारीमा मिति २०७६/२/१८ गते शनिबारको दिन परिवर्तन युवा क्लबले बृहत नि:शुल्क आँखा शिविर तथा बाबु आमा दुवै जना बेपता रहेको खाना धौ धौ परिरहेको एक दुखि परिवारलाई खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा खाद्यान्न वितरण को कार्यक्रम पनि रहेको हुदा कार्यक्रम लाई यस कल्बका सहसचिव हिक्मत जंग कार्की कार्यक्रम संचालन गर्नुभएको थियो  । भने , यसकार्यक्रमको बारेमा कार्यक्रममा उपस्थित सम्पुर्ण लाई यस कार्यक्रमको बारेमा विस्तृत जानकारीको लागि यस क्लबका उपाध्यक्ष मनोज कार्कीले मन्तब्य राख्नुभएको थियो  । कार्यक्रममा उपस्थित जन प्रति हौसला थप्नु भएको थियो ।

परिवर्तन२

यसै क्लबका सस्थापक अध्यक्ष होम बहादुर खत्री (अर्जुन खत्री)ले पनि यस कार्यक्रममा मन्तव्य राख्दै यस्ता राम्रा कामहरु क्लबले गरिरहेको र अझै यस्ता स्वास्थ्य शिविरहरु पटक पटक ल्याइने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले अब मुटु रोग, किड्नी रोग, सम्बन्धि स्वास्थ्य शिविरहरु ल्याउने कुराहरु गर्नुभएको थियो । यस क्लबले स्वास्थ्य शिविर को साथ साथै खाद्यान्न वितरण गर्ने कार्यक्रम भएको हुदा सम्पुर्ण उपस्थित जन को अगाडिनै निम्न वर्ग गरिब परिवार को सदस्यलाई परिवर्तन युवा क्लबका सम्पुर्ण सदस्य , अध्यक्ष ,उपाध्यक्ष,सहसचिव , कोष्ध्यक्ष्य को नेतृत्वमा खाद्यान्न हस्तान्तरण गरिएको थियो ।

eye

खाद्यान्न हस्तान्तरण कार्यक्रम पछि आँखा चेक जाँचको लागि आँखा चेक जाँच गर्न आउनुभएको बिरामीहरु नाम टिपाउने काम यस क्लबका सदस्य सुनिता कार्की, प्रिती अधिकारी ले गर्नु भएको थियो  । भने, बिरामीहरु को नाम उच्चारण गरि चेक जाँचको लागि क्रमश मिलाएर पठाउने काम यस क्लबका (उपाध्यक्ष) मनोज कार्की, (अध्यक्ष) रमेश शर्मा, (सचिव) सन्तोष कार्की, कोष्ध्यक्ष्य मिरा खत्री (सस्थापक) अर्जुन खत्री, ( सह उपाध्यक्ष) किष्ण कार्की ले गर्नुभएको थियो ।

eyye e1559457622864

आँखा चेक जाँच को लागि हिमालय आँखा अस्पतालबाट (ओ डी) दिपिका गुरुङ, अन्जना पौड्याल, मुस्कान कोंका आउनुभएको थियो
आँखा जाँच गर्ने क्रममा आँखा छोपी बिरामीलाई अक्षर सोध्ने काम गरि अस्पतालकर्मीहरुलाई हितेष अधिकारीले निकै ठुलो सहयोग पुर्याउनु भएको थियो  । आँखा चेक जाँच गरि औषधी चाहिने लाई औषधी, चस्मा चाहिने लाई चस्मा वितरण पनि गरिएको थियो  । चस्मा दिनुपर्नेकोहरु को नाम टिप्पोण  दिलिप अधिकारी, अजय शर्माले गर्नभएको  थियो । शिविरमा आँखा चेक गर्नको लागि २४० जना बिरामी सहभागी हुनुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका