अन्ततः मापदण्ड विपरीत बनेको होटल उद्घाटन नगरि फर्के प्रधानमन्त्री | Samacharpati अन्ततः मापदण्ड विपरीत बनेको होटल उद्घाटन नगरि फर्के प्रधानमन्त्री – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • अन्ततः मापदण्ड विपरीत बनेको होटल उद्घाटन नगरि फर्के प्रधानमन्त्री

अन्ततः मापदण्ड विपरीत बनेको होटल उद्घाटन नगरि फर्के प्रधानमन्त्री

अन्ततः मापदण्ड विपरीत बनेको होटल उद्घाटन नगरि फर्के प्रधानमन्त्री

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको पोखरामा शनिबार ३ वटा कार्यक्रम तय भएको थियो । नेपाल स्काउटको रोभरमुट कार्यक्रमको उद्घाटन, रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन र एक होटलको उद्घाटन ।

प्रधानमन्त्री २ वटा कार्यक्रममा सरिक भए, होटलमा पनि गए तर होटल उद्घाटन गरेनन् । पोखरामा मापदण्ड विपरीत बनेको होटल सरोवरको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम भनिएको थियो । सो मापदण्ड विपरीतको होटल उद्घाटनको विषयलाई लिएर धेरैनै आलोचना र टिप्पणी भएको थियो ।

पोखरा एयरपोर्टबाट सिधै होटल गएका ओली संगै खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत होटलमा पुगेका थिए । प्रधानमन्त्रीले होटलको उद्घाटन गर्ने भनेर बिहानै देखि होटलमा रौनकता थियो तर अन्ततः ओलीले होटलमा केहि समय विताएर उद्घाटन नगरि निस्के । स्काउटको ड्रेस लगाएर ओली निस्केपछि, होटल उद्घाटनका लागि आएका अतिथि पनि त्यसै फर्केका छन् ।

महानगरले तोकेको मापदण्ड विपरित उक्त होटल ९ तलाको छ । साढे दुई तला बेसीको नक्सा पास गराएर होटलको भवन बनेको हो । यद्यपी उक्त होटलका सञ्चालक भरत पहारी नै महानगरले गठन गरेको समितिका संयोजक समेत हुन् । पोखरा ६ लेकसाइडका वडाध्यक्ष जगत पहारीले उक्त होटल मापदण्ड विपरित बनेको पुष्टि गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता