रविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने • Nepal's Trusted Digital Newspaperरविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने

रविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने

  • शनिबार, जेष्ठ १८, २०७६
रविन्द्र अधिकारीको सम्झनामा प्रतिष्ठानको घोषणा, सरकारले एक करोड उपलब्ध गराउने

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागी निस्वार्थ सेवा आवाश्यक रहेको बताउनुभएको छ । पोखरामा आयोजित रविन्द्र अधिकारी प्रतिष्ठान घोषणा कार्यक्रममा बोल्दै उहाँले स्वार्थले प्रेरित दाउपेचले विरोधी हसाँउने बाहेक कसैलाई हित र योगदान नगर्ने बताउनुभएको हो ।

kp oliनिकै भावुक मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले स्वर्गीय मन्त्री अधिकारीको बहुचर्चित वाईड बडि काण्डमा कुनै प्रकारको संलग्नता नरहेको समेत स्पष्ट पार्नुभएको छ । ओलीले भन्नुभयो – “वाईड बडि काण्डमा रविन्द्र अधिकारी मन्त्री हुन भन्दा अगाडीका कुराहरुको प्रसंग ल्याएर उहाँको नाम ल्याएर बदनाम गर्ने कोशिष भो र मैले भने उहाँ निर्दोष हुनुहुन्छ ।” “केहि भुईफुट्टा संस्था र तत्वहरुले यसको गलत प्रचार गरिरहेको उनले आरोप समेत ओलीले लगाउनुभयो । एकथरी अत्यन्त छुद्र मतिका मान्छेलाई साह्रै पोलेछ”, ओलीले भन्नुभयो – “उहाँ वास्तवमा निर्दोष हुनुहुन्छ, उहाँको कुनै संलग्नता नै छैन त्यसमा ।”

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई लक्षित गरि गरि पार्टीको नीति तथा विचार र मुलुकको आवाश्यकता विपरित आफ्नो स्वार्थ, पद र प्रतिष्ठा प्रति ध्यान दिन थाले सार्थक आन्दोलन निर्माण गर्न नसकिने उल्लेख गर्नुभयो ।

प्रशिक्षणका नाममा देशभरि विभिन्न गलत क्रियाकलापहरु भैरहेको भन्दै उहाँले देश, पार्टी र जनताप्रति इमान्दार हुनुपर्ने आवश्यकता औल्याउनुभयो । इमान र निष्ठाको राजनीतिका लायक स्वर्गीय नेता रविन्द्र अधिकारीबाट मात्र जनता प्रतिको सर्मण र निस्वार्थ सेवाको भावना सिक्न सकिने उहाँले दोहोर्याउनुभयो ।

उहाँले मुलुकको विकास समृद्धिका लागी एकतामा जोड दिनुभयो । उहाँले प्रतिष्ठानमा विवादको खेति गर्ने सोच भएकाहरुलाई वहिष्कार गर्न आग्रह समेत गर्नुभयो । विवादको राजनीति कसैका लागी स्विकार्य नहुने ओलीको तर्क छ । कोठामा बसि फाल्तु गफ लेखेर विद्धवान पल्टिने प्रवृति मौलाएको बताउदै ओलीले यस्तो प्रवृतिबाट सचेत रहन आग्रह गरे । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका लागी उहाँले १ करोड रुपैयाँ सरकारको तर्फबाट उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।

नेपाल सरकारका वाहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीको गत फाल्गुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि दुखद निधन भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका