बालोदयमा विमा उत्प्रेरणा तालिम सम्पन्न – Samacharpati Samacharpatiबालोदयमा विमा उत्प्रेरणा तालिम सम्पन्न – Samacharpati
  • होमपेज
  • बालोदयमा विमा उत्प्रेरणा तालिम सम्पन्न

बालोदयमा विमा उत्प्रेरणा तालिम सम्पन्न

बालोदयमा विमा उत्प्रेरणा तालिम सम्पन्न

पोखरा, २६ जेठ । पोखरा १७ विरौटामा रहेको बालोदयमाविमा एक दिवसीय उत्प्रेरणा तालिम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीहरुमा सकारात्मकउर्जा विकाशएवं सकारात्मक सोँचको विकाश गराई सर्वाङ्गीण विकास गराउने अभिप्रायका साथविद्यार्थी मोटिभेशनल कार्यक्रम गरिएको विद्यालयका संस्थापक प्राचार्य दुर्गादत्त पँगेनीले जानकारी दिए । बालोदयमावि र सन राईज कम्प्यूटर विरौटाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मोटिभेशनल स्पिकर रमणभट्टराईले सहजिकरण गरेका थिए । कार्यक्रममा करिब २०० जना विद्यार्थीको सहभागिता थियो ।

विद्यार्थीहरुमा रहेको आत्म विश्वासको बृद्धि, सकारात्मक उर्जा, जीवन प्रतिको दृष्टिकोण, सहयोगी भावनाको बृद्धि, शिक्षामा प्रविधिको प्रयोग, देशप्रेम र बहुआयामिक व्यक्तित्व विकाशका विषयमा प्रशिक्षण दिईएको प्राचार्य पँगनीले बताए । प्राचार्य पँगेनीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा सनराईज कम्प्यूटर ईन्सिटच्यूटका सञ्चालक विश्वास भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्लस टू संयोजक नारायण पोखरेलले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका