वडाले गरायो जेष्ठ नागरिकहरुलाई धार्मिक अवलोकन भ्रमण • Nepal's Trusted Digital Newspaperवडाले गरायो जेष्ठ नागरिकहरुलाई धार्मिक अवलोकन भ्रमण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वडाले गरायो जेष्ठ नागरिकहरुलाई धार्मिक अवलोकन भ्रमण

वडाले गरायो जेष्ठ नागरिकहरुलाई धार्मिक अवलोकन भ्रमण

  • आइतवार, जेष्ठ २६, २०७६
वडाले गरायो जेष्ठ नागरिकहरुलाई धार्मिक अवलोकन भ्रमण

पोखरा,  २६  जेठ । पोखरा महानगरपालिका वडा नं १० ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । वडाबाट गरिने सामाजिक कृयाकलापहरु मध्ये वडा नं १० को कार्यालयले वडाका ८५ जना जेष्ठ नागरिकहरुलाई देवघाट धाम, नारायणी नदीको अवलोकन र सिजी को भ्रमण गराएको बडा सदस्य दिपक बहादुर थापाले बताएका  थिए ।

आमा बाहरु सवै भ्रमणमा अतिनै उत्साहित हुनुभएको देख्दा हामीले राम्रै काम गरेछौ झै लागेको थापाले बताए । सधै घरमा बसिरहदां निकै मानसिक तनाब हुने गर्दथ्यो यात्राले निकै स्फुती बढाएको अनुभव सुनाउदैै आगामी बर्षहरुमा पनि यस किसिमका कामको निरन्तरता दिनु पर्ने कुरा भ्रमणमा सहभागि जेष्ठ नागरिक जंग बहादुर पुनले बताए ।

हामी सधै बिकास निमार्ण , बिधालय , सडक , बिधयार्थीहरुका बारेमा केहिन केहि गरिरहयौ सवै अन्य अन्य कुराहरुमा बजेट खर्च गरिरहंदा हामीले यो पटक हाम्रा बाबा आमाहरुको लागि पनि सम्मान सहित केहि गरौ भन्ने लागेर जेष्ठ नागरिकहरुलाई धार्मिक अवलोकन भ्रमणको योजना बनाएको वडा नं १० का वडाअध्यक्ष राज कुमार गुरुड.ले बताएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका