प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै पोखरामा मानव साङ्ग्लो प्रदर्शन Samacharpatiप्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै पोखरामा मानव साङ्ग्लो प्रदर्शन
  • होमपेज
  • प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै पोखरामा मानव साङ्ग्लो प्रदर्शन

प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै पोखरामा मानव साङ्ग्लो प्रदर्शन

प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै पोखरामा मानव साङ्ग्लो प्रदर्शन

पोखरा, जेठ । मिडिया काउन्सील विधेयकमा गरिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानहरु खारेजीको माग गर्दै आन्दोलित पोखरेली पत्रकारले गण्डकी प्रदेशको राजधानी पोखरामा मानवसांङ्ग्लो प्रदर्शन गरेका छन् ।

महिनौदेखी शान्तिपुर्ण आन्दोलनमा रहेका संचारकर्मीहरुको मागको वेवास्ता गरिरहेको राज्यले विधेयकका सम्बन्धमा मौनता साँधिरहेको छ । विधेयकको ढाकछोप र मौनताको जवाफ राज्यका लागी अप्रीय हुन सक्ने संचारकर्मीहरुले चेतावनी दिएका छन् ।

आन्दोलनको सार्थकताका लागी अन्तराष्ट्रिय मिडिया काउन्सीललाई आह्वान गर्ने तयारी भैरहेको नेतृत्वले जनाएको छ । मुलुकको मुल कानुन मै पुर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको भएपनि विभिन्न कानुनहरु मार्फत प्रेसलाई अंकुस लगाउने प्रयत्न राज्यको तर्फबाट भैरहेका छन् । यस प्रति संचारकर्मीहरुको घार आपत्ति रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका