अन्जु पन्तको सुमधुर आवाजमा ‘नयाँ गीत 'बग्न थाले म’ – Samacharpati Samacharpatiअन्जु पन्तको सुमधुर आवाजमा ‘नयाँ गीत 'बग्न थाले म’ – Samacharpati
  • होमपेज
  • अन्जु पन्तको सुमधुर आवाजमा ‘नयाँ गीत ‘बग्न थाले म’

अन्जु पन्तको सुमधुर आवाजमा ‘नयाँ गीत ‘बग्न थाले म’

अन्जु पन्तको सुमधुर आवाजमा  ‘नयाँ गीत ‘बग्न थाले म’

काठमाडौं, २४ जेठ । संगीत बुझ्नेहरुका लागि संगीत आफैमा एक नशा हो। नेपालमा संगीतमा लाग्न चाहनेहरुको लगाव र लगानी देख्दा अझ त्यो कुरा प्रस्ट हुन्छ। संगीतको बजार सानो छ । अझ भिडियो अडियो आधिकारिक रूपमा किनेर सुनेर जमाना नरहेपछि लगानी उठाउने ठाउँ कि त स्टेज कि त युट्युव बन्न पुगेको छ। समय फेरिएको छ  ।

आफ्नो क्रीयशनमा लाखौ लगानी गरेर भोलिको सुनौलो भविस्यको कल्पनामा कलाकारहरु निरन्तर अघि बढिरहेका छ्न । पार्श्व गायनमा सम्भावना भएका मीठो स्वरका धनी गायक देबेन्द्र बरालले आफ्नो दोस्रो नयाँ म्युजिक भिडियो ‘बग्न थाले म’ सार्वजनिक गरेका छन। रोमान्टिक भर्सनको म्युजिक भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

‘बग्न थाले म’  बोलको यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन भने गीतमा संगीत शंकर थापा स्माइलुको रहेको छ। गीतमा बिश्व अधिकारीको एरेन्ज्मेन्ट छ। पवन सुस्लिङले सम्पादन र छायांकन गरेको भिडियोमा रोहित बिश्वकर्मा र नम्रता श्रेष्ठको अभिनय रहेको छ। शिशिर खातीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका