स्याङ्गजाको बजेट ३ अर्ब १७ करोड • Nepal's Trusted Digital Newspaperस्याङ्गजाको बजेट ३ अर्ब १७ करोड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्याङ्गजाको बजेट ३ अर्ब १७ करोड

स्याङ्गजाको बजेट ३ अर्ब १७ करोड

  • शुक्रबार, जेष्ठ २४, २०७६
स्याङ्गजाको बजेट ३ अर्ब १७ करोड

स्याङ्गजा, २४ जेठ । सरकारले आर्थिक बर्ष ०७६/७७ का लागि स्याङ्गजाका स्थानीय तहलाई ३ अर्ब १७ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ यहाँका नगरपालिकालाई १ अर्ब ८४ करोड ४० लाख र गाउँपालिकालाई १ अर्ब ३३ करोड ६ लाख विनियोजन गरिएको हो । स्याङ्गजामा ५ नगर र ६ गाउँपालिका छन् । बजेटमा १ अर्ब ६ करोड २८ लाख सशर्त अनुदान छ । नगरपालिकामा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकालाई ४३ करोड ३२ लाख बजेट छ विनियोजित बजेटमा वितिय समानीकरणमा १४ करोड २२ लाख र सशर्त अनुदान अन्तर्गत २९ करोड १० लाख छ ।

syangja

नगरपालिकामा सबैभन्दा थोरै भीरकोट नगरपालिकालाई २५ करोड ८५ लाख विनियोजन गरिएको छ यसमा वितीय समानीकरणमा १० करोड १४ लाख र सशर्त अनुदानमा १५ करोड ७१ लाख छ । वालिंग नगरपालिकालाई वितीय समानीकरणमा ५१ करोड ७४ लाख सशर्त अनुदान ३० करोड ५६ लाख गरी ४६ करोड ३० लाख , गल्यंग नगरपालिकालाई वितीय समानीकरणमा १२ करोड ७१ लाख र सशर्त अनुदानमा २२ करोड ९० लाख गरी ३६ करोड ३१ लाख विनियोजन भएको छ ।

चापाकोट नगरपालिकालाई वितीय समानीकरणमा १० करोड ३७ लाख र सशर्त अनुदान २१ करोड ९६ लाख गरी ३२ करोड ३२ लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकामध्ये सबैभन्दा धेरै आधिखोला गाउँपालिकालाई २६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । वितीय समानीकरणमा ७ करोड ९४ लाख र सशर्त अनुदान १८ करोड ८६ लाख छ गाउँपालिकालाई १८ करोड ३५ लाख विनियोजन गरिएको छ हरिनासमा विनियोजित बजेटमा वितीय सामानीकरणमा ७ करोड ८३ लाख र सशर्त अनुदानमा १० करोड ५२ लाख छ ।

अर्जुनचौपारी गाउँपालिकालाई वितीय समानीकरणमा ७ करोड ३४ लाख सशर्त अनुदान १२ करोड ८१ लाखसहित जम्मा २० करोड ४५ लाख, कालीगण्डकी गाउँपालिकालाई वितीय समानीकरणमा ९ करोड ३९ लाख सशर्त अनुदान १६ करोड ९४ लाख गरि २६ करोड ३३ लाख विनियोजन गरिएको छ फेदीखोला गाउँपालिकालाई १८ करोड ९१ लाख विनियोजन भएको छ । विनियोजित बजेटमा वितीय समानीकरणमा ७ करोड ५ लाख र सशर्त अनुदान ११ करोड ८६ लाख छ बिरुवा गाउँपालिकालाई वितीय समानीकरणमा ८ करोड १६ लाख र सशर्त अनुदान १४ करोड ६ लाख गरी २२ करोड २२लाख बजेट छ । स्याङ्गजाका लागी यसपालीको बजेट आघिल्लो बर्षभन्दा १९ करोड ७८ लाख बढी हो यहाँ गतवर्षभन्दा सबै स्थानीय तहमा बजेट बढी विनियोजन भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका