पोखरा, २४ जेठ । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला कुरिनटार नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो। सडक अबरुद्ध भएपछि सयौ गाडी रोकिएका छन् ।अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने काम भइरहेकोले अबको केहि समयमा खुल्ने प्रहरीले जनाएको छ।