बैदामका १ सय ३० जेष्ठ नागरिकलाई पोखराका धार्मिस्थल घुमाइयो Samacharpatiबैदामका १ सय ३० जेष्ठ नागरिकलाई पोखराका धार्मिस्थल घुमाइयो
  • होमपेज
  • बैदामका १ सय ३० जेष्ठ नागरिकलाई पोखराका धार्मिस्थल घुमाइयो

बैदामका १ सय ३० जेष्ठ नागरिकलाई पोखराका धार्मिस्थल घुमाइयो

बैदामका १ सय ३० जेष्ठ नागरिकलाई पोखराका धार्मिस्थल घुमाइयो

पोखरा, २४ जेठ । पोखरा महानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई पोखराका विभिन्न धार्मिक स्थलको अवलोकन गराइएको छ ।

वडा नं. ६ को आयोजना, नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखा र टोल विकास संस्था बैदामको सहयोगमा ७० वर्ष माथिका १ सय २० जेष्ठ नागरिकलाई पोखरा २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रम, बिन्द्यवासिनी मन्दिर, बुढानिलकण्ड मन्दिर, तालबाराही मन्दिरको अवलोकन गराइएको रेडक्रस सोसाइटी बैदाम उपशाखाका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिनुभयो ।अवलोकन भ्रमणको अवसरमा हरिहर गुफा सन्यास आश्रममा धार्मिक प्रवचन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पोखरा २० का अध्यक्ष सिम गुरुङले जेष्ठ नागरिकलाई स्वागत गर्नुभएको थियो । गुरुङले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउदै जेष्ठ नागरिकको सल्लाह सुझाव र अनुभवलाई समाजको विकासको लागि खर्चगर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य पुष्पा पाहारी, वडा नं. ६ का सदस्य सविता ढुङ्गाना, हरिहर गुफा आश्रमका कार्यबाहाक अध्यक्ष अर्जुन बहादुर क्षेत्री, आश्रमका कोषाध्यक्ष रामजी पौडेल लगायतले जेष्ठ नागरिकहको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । रेडक्रस बैदाम उपशाखाका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव तुलसी दाहालले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका