कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित • Nepal's Trusted Digital Newspaperकोरियन भाषा परीक्षाको नतिजा प्रकाशित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

  • शुक्रबार, असार १३, २०७६
कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, १३ असार, । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।

परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ । ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले नतिजा आएपनि कति विद्यार्थी उत्तीर्ण भए भन्ने विवरण आउन बाँकी रहेको बताएका छन ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

source: onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका