पोखरामा बिदाई कार्यक्रम सम्पन्न | Samacharpati पोखरामा बिदाई कार्यक्रम सम्पन्न – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • पोखरामा बिदाई कार्यक्रम सम्पन्न

पोखरामा बिदाई कार्यक्रम सम्पन्न

पोखरामा बिदाई कार्यक्रम सम्पन्न

पोखरा, २३ जेठ ।  गन्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत रही ईलाका प्रहरी कार्यालय सिमरा बारा काज सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक गोविन्द पुरिलाई आज एक कार्यक्रमका विच बिदाई गरिएको छ । बिदाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले बिदाई भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक पुरीलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

त्यस्तै अन्य प्रहरी अधिकृतहरुले समेत प्रहरी नायव उपरीक्षक पुरिलाई पुष्पगुच्छा प्रदान गर्दै शुभकामना दिनु भएको छ । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रहरी नायव उपरीक्षक पुरिले व्यावसायीक प्रहरी सेवा प्रवाहनै आफ्नो पहिलो प्राथमिकता भएको बताउदै आगामी दिनमा नागरीकसंग हातेमालो गर्दै समाजका व्याप्त समस्यालाई पार लगाउन आफुलाई पोखरा बसाईले थप दक्ष बनाएको बताउनु भएको छ ।

२०७४ भाद्र ९ गते महानगरीय प्रहरी बृत्त महाराजगंज काठमान्डौबाट सरुवा भई गण्डकी प्रदेश प्रहरी कार्यालय हाजिर हुनुभएका नेतृत्वदायी क्षमताका धनी प्रहरी नायव उपरीक्षक पुरिले यसै अवधिमा मिति २०७४/०५/२५ गते देखी ईलाका प्रहरी कार्यालय डाँडाकोनाक कास्कीको ईन्चार्ज समहाल्नु भयो । त्यस्तै २०७५/०३/१८ गते देखी पुनस् गन्डकी प्रदेश प्रहरी कार्यालयमा हाजिर भई हालसम्म प्रदेश प्ररी कार्यालयको सुचना अधिकारी अर्थात प्रवक्ता जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालनु भएको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता