काठमाडौँ, २३ जेठ । प्रहरी प्रवक्ता बिस्व राज पोख्रेलले ज्ञानेन्द्र साहीलाई हिरासतमा प्रहरी ले यातना दियो भन्ने कुरा गलत भएको र ज्ञानेन्द्र साहीलाई प्रहरीले हिरासतमा नराखेको बताएका छ्न । ज्ञानेन्द्रका समर्थकहरुले प्रहरी माथी हुल हुज्जत गर्दा नियन्त्रण गर्ने क्रममा साही को खुट्टामा सामान्य चोट लागेको बताएका छन ।
अपराध नियन्त्रण मा प्रहरी सधै सफल रहेको भन्दै पोखरेल ले प्रहरी सग जनताका अपेक्षा अत्यन्तै धेरै रहेका कारण पनि कहिलेकाही प्रहरि आलोचित बनेको भन्दै प्रहरीले आफ्ना कमिकमजोरी बाट पनि पाठ सिक्ने काम गरिरहेको बताएका छन ।
प्रहरी सङ्गठन भित्रको भ्रष्टाचार बारे कुराकानी गर्दै उनले भ्रष्टहरुलाई कानुनी सजाय भैरहेको भन्दै नागरिकले घुस खुवाउने परम्परालाई खुलेर आलोचना सहित सुधार गर्नु पर्ने बताएका छन । गुन्डा गर्दी नियन्त्रण मा आइसकेको भन्दै हिजो मात्र गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी र उस्को समुहलाई प्रहरी ले धादिङ बाट पक्राउ गरेको जानकारी दिएकाछन ।