देवलको दिलको फ्रेममा अँंचल र पुष्प | Samacharpati देवलको दिलको फ्रेममा अँंचल र पुष्प – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • देवलको दिलको फ्रेममा अँंचल र पुष्प

देवलको दिलको फ्रेममा अँंचल र पुष्प

देवलको दिलको फ्रेममा अँंचल र पुष्प

काठमाडौँ, २२ जेठ । ‘सर्माएर लजाए तथा डार्लीङ’ जस्ता सफल गीतका गीतकार देवल भण्डारीको शब्दमा तयार भएको नयां गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । अष्ट्रेलियाको मेल्बोर्न निवासी भण्डारीको शब्दमा तयार भएको गीत मंगलवार युटुववाट सार्वजनिक गरीएको हो ।

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीतको संगीत दिपक शर्माले गरेका छन् । साहस शाक्यको संगीत संयोजन रहेकोे भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन् ।

गीतमा पछिल्लो समय आपू जोडीको उपनाम पाएका आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । यी दुइसंगै रवि र पुष्पा पनि गीतमा छन् । नवराज उप्रेतीको छायांकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसको कन्सेप्ट जया शर्माको रहेको छ ।

आजको ट्रेन्डिङ समाचार