ग्लोबल र मोनाष्टिक सेमिफाईनलमा, साम्भवी र एभरेष्ट क्वाटरफाईनलमा | Samacharpati ग्लोबल र मोनाष्टिक सेमिफाईनलमा, साम्भवी र एभरेष्ट क्वाटरफाईनलमा – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • ग्लोबल र मोनाष्टिक सेमिफाईनलमा, साम्भवी र एभरेष्ट क्वाटरफाईनलमा

ग्लोबल र मोनाष्टिक सेमिफाईनलमा, साम्भवी र एभरेष्ट क्वाटरफाईनलमा

ग्लोबल र मोनाष्टिक सेमिफाईनलमा, साम्भवी र एभरेष्ट क्वाटरफाईनलमा

काठमाडौँ, २२ जेठ  ।

भुटानमा नेपाललाई चार स्वर्ण

भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ । च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कांस्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए । महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जिते ।

यसैगरी महिला ४६ केजी तौल समूहको सिनियर स्पर्धामा सर्मिला खड्काले रजत पदक जितिन् । यस्तै ५५ केजी महिला सिनियरमा सुस्मिता मोक्तान र ४५ केजी जुनियर पुरुषमा सागर सिंहले कांस्य पदक जिते । च्याम्पियनसिपका पदक विजेता सहभागी सबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।

सामाखुसी र ग्रिनल्याण्डको विजयी सुरुवात

सामाखुसी ईङ्गिलस बोर्डिङ्ग स्कुल (सेब्स) र ग्रिनल्याण्ड स्कुलले पाँचौ लालिगुँरास अन्तरस्कुल राष्ट्रिय सिनियर गल्र्स तथा जुनियर ब्वाईज बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

जुनियर ब्वाईजको प्रतिस्पर्धामा सेब्सले श्रीचन्द्रविन्दु ईन्टरनेशनल स्कुललाई २३ / १० ले तथा ग्रिनल्याण्डले हिम्रासमी स्कुललाई १९ / ४ अंकले पराजित गरे । यस्तै अन्य खेलमा ईडन ब्रिजले भ्याली पब्लिकलाई १९ / १०, ओडेसीले गोल्डेनपिकलाई १६ / १५, शिद्धार्थ मोडलले नवज्ञानभूमीलाई ६ / ५ ले तथा बशुन्धारा नेशनल एकेडेमीले सेन्ट जोसेफलाई ७ / ६ ले पराजित गरे ।

ग्लोबल र मोनाष्टिक सेमिफाईनलमा

ग्लोबल पब्लिक स्कुल र मोनाष्टिक पब्लिक स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाईनलमा प्रवेश गरेका छन् । ग्लोबलले बिनायक स्कुल भक्तपुरलाई टाईब्रेकरमा ५ / ४ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल पुगेको हो । यस्तै मोनाष्टिकले ईमान्युुएल स्कुललाई २ / ० गोलले पराजित गरेको हो । ग्लोबलका सुशान्त भण्डारी र ईमान्युएलका अमर श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

साम्भवी र एभरेष्ट क्वाटरफाईनलमा

साम्भवी र एभरेष्ट स्कुल प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा साम्भवीले इलिसरसंग २ / २ को बराबरी खेल्यो । बरावरीका पश्चात पनि साम्भवी डी ग्रुपमा दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरको हो । उक्त ग्रुपमा पहिलो भएको एभरेष्टले ज्ञान निकेतनलाई १ / ० गोलले पराजित गयो । यस्तै ग्रुप बीमा ग्रुप प्रथम र द्वितीय छुट्याउन भएको खेलमा एजिएमले अर्किड स्कुललाई ३ / १ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरे ।

यस्तै अन्तिम आठमा पुगेका अन्य टिममा ग्रुप ए बाट पिसप्वाईन्ट र शुभयोग तथा ग्रुप सीमा पायोनियर र प्राक्टिस रहेका छन् । यी टोली यस अघिनै क्वाटरफाईनल प्रवेश गरिसकेका थिए ।

 

आजको ट्रेन्डिङ समाचार