गायक सुनिल गिरीको 'जीवन यो रहे सम्मै' सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक सुनिल गिरीको 'जीवन यो रहे सम्मै' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक सुनिल गिरीको ‘जीवन यो रहे सम्मै’ सार्वजनिक

गायक सुनिल गिरीको ‘जीवन यो रहे सम्मै’ सार्वजनिक

  • मङ्लबार, जेष्ठ २१, २०७६
गायक सुनिल गिरीको ‘जीवन यो रहे सम्मै’ सार्वजनिक

काठमाडौं, २१ जेठ  । लोकप्रिय गायक सुनिल गिरिको एल्बम यो मन मा रहेको गीत ‘जीवन यो रहे सम्मै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक सुनिल गिरी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतले नेपाली सांगीतिक आकासमा नयाँ रेकर्ड राख्ने बिस्वास गायक सुनिल गिरि व्यक्त गर्छन। मोडल अनुराग ठकुरी र दिप्ती तामाङ्ग लाई फिचर गरिएको यस गीत अलिकति फरक तरिकाको निर्माण भएको छ।

61738913 375721599968420 588223709949460480 n

जोमसोम ,माथिल्लो मुस्ताङ्ग र कागबेनी र काठमाण्डौ आसपास छायांकन गरेको यस भिडियोलाई अनुराग ठकुरीले कोरियोग्राफ गरेकाछन। गायक सुनील गिरिको आवाज रहेको यस गीतमा एरेन्ज रिकेश गुरुङ्गले गरेकाछन भने शब्द संगीत पनि गायक गिरीकै रहेको छ । भिडियोलाई सुजर खनालले खिचेकाछन भने सम्पादन प्रबिन भट्टको रहेको छ। महँगो बजेटमा निर्माण भएको यस भिडियो सिनेमाको गीतको भिडियो संग तुलना गर्न सकिन्छ। गायक सुनिल गिरीको पनि अभिनय रहेको यस गीतको अडीयोले निकै राम्रो चर्चा पाएको छ।

https://www.youtube.com/watch?v=pQMVgz3gceo

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका