आइएमई लाइफइन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेड बीच बैंक अस्योरेन्स सम्झौता | Samacharpati आइएमई लाइफइन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेड बीच बैंक अस्योरेन्स सम्झौता – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • आइएमई लाइफइन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेड बीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफइन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेड बीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफइन्स्योरेन्स र गरिमा विकास बैंक लिमिटेड बीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं, २१ जेठ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकासबैंक लिमिटेड काठमाडौँ बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ ।

सो बैंकअस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नु हुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७४ शाखाहरु मार्फत सेवाप्रदा नगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथाआजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको छ ।

आजको ट्रेन्डिङ समाचार