म्याग्दीमा गाडी रोकी लुट्न खोज्ने ३ जना पक्राउ | Samacharpati म्याग्दीमा गाडी रोकी लुट्न खोज्ने ३ जना पक्राउ – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • म्याग्दीमा गाडी रोकी लुट्न खोज्ने ३ जना पक्राउ

म्याग्दीमा गाडी रोकी लुट्न खोज्ने ३ जना पक्राउ

म्याग्दीमा  गाडी रोकी लुट्न खोज्ने ३ जना पक्राउ

म्याग्दी, २ असार । मिति २०७६/०३/०२ गते रघुगंगा गाउँपालिका-१ तिप्ल्याङ स्थित बेनी जोमसोम सडक खण्डमा पोखरा बाट मुस्ताङ तर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको जिपलाई अन्नपुर्ण गाउँपालिका-७ हिस्ताङ बस्ने वर्ष १६ को समित पुन, रघुगंगा गाउँपालिका-१ टिप्ल्याङ बस्ने वर्ष १६ को यमस पुर्जा, पर्वत जिल्ला जलजला गाउँपालिका-३ पारी बस्ने वर्ष १६ का कुशल पाईजाले उक्त जिप रोकी यात्रुहरुको साथमा रहेको नगद तथा झोलाहरु लुटि हिँडेको भन्ने सोही जिपको चालक देवा बहादुर गुरुङले खबर गरे लगत्तै उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई निज ३ जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

आजको ट्रेन्डिङ समाचार