कुरास टोली थाईल्याण्ड प्रस्थान • Nepal's Trusted Digital Newspaperकुरास टोली थाईल्याण्ड प्रस्थान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कुरास टोली थाईल्याण्ड प्रस्थान

कुरास टोली थाईल्याण्ड प्रस्थान

  • सोमवार, असार २, २०७६
कुरास टोली थाईल्याण्ड प्रस्थान

काठमाडौँ, २ असार । मित्र राष्ट्र थाईल्याण्डको पतैया सहरमा आयोजना हुने ६ औं एशियन यु – २० जुनियर कुराश च्याम्पियनसिप तथा सोही अवसरमा आयोजना हुने एशियन कुराश साधारण सभामा सहभागी हुन जाने कुराश टोलीलाई आईतबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदकी सदस्य ईन्दिरा निरौला तथा संघक अध्यक्ष एवं काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले संयुक्त रुपमा बिदाई गरेका छन् ।

एशियन कुराश महासंघको आयोजनामा जुन १७ देखि २७ सम्म आयोजना हुने यु – २० प्रतियोगितामा पुरुष ५५ केजीमा बिपल तुलाधर, ६० केजीमा शेरबहादुर घर्ती र महिला ५७ केजीमा कृती शर्माले प्रतिस्पर्धा गर्ने छन् । यस्तै प्रशिक्षकमा प्रताप घिसिङ्ग, टोली नेतामा संघका उपाध्यक्ष दीपक बहादुर सिंह रहेका छन् । यस्तै सोहि समयमा आयोजना हुने महासंघको साधारण सभामा संघकी महासचिव प्रतिक्षा खरेलले सहभागिता जनाउने संघले जनाएको छ ।

रुपा मगरले जितिन् स्वर्ण

नेपाल बुदोकैदो संघको आयोजनामा भएको १३ औं राष्ट्रब्यापी बुदोकैदो च्याम्पियनसिपमा रुपा मगरले स्वर्ण हात पारेकी छिन् । ओखलढुंंगाकी रुपाले महिला खुला तर्फ स्वर्ण हात पारेकी संघका अध्यक्ष काजीमान महर्जनले जानकारी गराएका छन् ।

रुपा

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका