गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका बस्तुमा रहेको एतिहासीक महत्तव बोकेको प्रसिद्ध रानि कुवा दिनानुदिन ओझेमा परिरहेको छ ।
गुल्मीको धुर्कोट राजयमा खड्क राज मल्लले शाशन ब्यबस्था सुरु गरे संगैं धुर्कोट राज्यकै सबैभन्दा स्वच्छ पानी देखिएपछी रानीको पहलमा मर्मत गरि राजालाई पिउन यहि धुर्कोट बस्तुको कुवाबाट पानि लगेर खुवाउने गरेकोले यस पधेराको नाम रानि पधेरो रहेको हो ।
गुल्मी जिल्लाको धुर्कोट बस्तुमा जति ठुलो खडेरी परेपनि एकैनासको मुल आउने गरेको स्थानीयहरुले बताए । यो पधेरोले एतिहासीक महत्तो बोकेको छ तर यसको सुरक्षामा भने धेरैको ध्यान जान सकेको छैन । यसलाई राम्रो संग व्यवस्था गरेर प्रचार प्रसार मा ध्यान दिए यसले बढी मात्रामा अन्तरिक पर्यटकलाइ भित्रयाउन गार्हो छैन ।
हेर्नुहोस यस्तो छ राजाले पानी खाने कुवा !