रमेश श्रेष्ठको अवाज तथा शंकर थापाको संगीतमा 'टिकटकले डुबायो' सार्बजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperरमेश श्रेष्ठको अवाज तथा शंकर थापाको संगीतमा 'टिकटकले डुबायो' सार्बजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रमेश श्रेष्ठको अवाज तथा शंकर थापाको संगीतमा ‘टिकटकले डुबायो’ सार्बजनिक (भिडियो सहित)

रमेश श्रेष्ठको अवाज तथा शंकर थापाको संगीतमा ‘टिकटकले डुबायो’ सार्बजनिक (भिडियो सहित)

  • शुक्रबार, जेष्ठ १७, २०७६
रमेश श्रेष्ठको अवाज तथा शंकर थापाको संगीतमा ‘टिकटकले डुबायो’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, १७ जेठ  ।  पछिल्लो समय चर्चामा पुग्न सफल चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “टिकटकले डुबायो”को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’ भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो ।

tiktok

सार्बजनिक गीतमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ । भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल ९बले० तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका