चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaperचलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक

  • शुक्रबार, जेष्ठ १७, २०७६
चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक

काठमाडौँ, १७ जेठ । नेपाली चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको छ ।

pream diwas

सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत उक्त गीतमा राखिएको छ । फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । जेठ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको उक्त चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका