वीरगञ्ज, १७ जेठ । बाराको पथलैया निजगढ सडकखण्डमा काठमाडौँ जाँदै गरेको एक यात्रुबाहक बसमा शुक्रबार बिहान लुटपाट भएको छ । जलेश्वरबाट काठमाडौँ गइरहेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा को ४÷५ जनाको समूहले बिहान ३ बजेतिर लुटपाट गरेको बताइएको छ ।लुटेराहरुको समूह बसका सहयोगीसँग रहेको ४५ हजार नगद र एक थान मोबाइल पनि लुटेर लगेको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्न एकजना पक्राउ परे पनि अन्य फरार रहेको बतायउको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिङ गाउँपालिका घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ८ बस्दै आएका २६ वर्षीय संघर्ष थिंग रहेका छन् ।लुटेराहरुले बसको यात्रुहरुलाई भने केही नगरेको प्रहरीले जनाएको छ । फरार रहेका हरको खोजी भइरहेको छ ।