बसन्त बैठक टोल विकास संस्थाको अध्यक्षमा तुलसी दाहाल | Samacharpati बसन्त बैठक टोल विकास संस्थाको अध्यक्षमा तुलसी दाहाल – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • बसन्त बैठक टोल विकास संस्थाको अध्यक्षमा तुलसी दाहाल

बसन्त बैठक टोल विकास संस्थाको अध्यक्षमा तुलसी दाहाल

बसन्त बैठक टोल विकास संस्थाको अध्यक्षमा तुलसी दाहाल

पोखरा, १७ जेठ । पोखरा महानगरपालिका वडा नं. ६ मा रहेको बसन्त बैठक टोल विकास संस्थाको अध्यक्षमा तुलसी दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

शुक्रबार सम्पन्न दोश्रो अधिवेशनले दाहालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमा पहारी, सचिवमा विजय पहारी, सहसचिवमा निर्मल गौतम, कोषाध्यक्षमा दुर्गा सुवेदी चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा लक्ष्मि सुवेदी, इन्दिरा गैह्रे, बासुदेव पौडेल, शेखर न्यौपाने रहनुभएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ६ की सदस्य पुष्पा पहारी घले, समाजसेवी भोजराज पौडेल, पोखरा क्याम्ब्रीज बोर्डीङ स्कुलका प्रिन्सीपल शिवराज पौडेल, समाजसेवी प्रकाश चन्द्र घिमिरे लगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम समितिका टोल विकास संस्था समन्वय समिति पोखरा ६ बैदामका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आजको ट्रेन्डिङ समाचार