संचारीकाको स्थानिय विकास संचार योजना अन्तरसंवाद कार्यक्रम पोखरामा सुरु • Nepal's Trusted Digital Newspaperसंचारीकाको स्थानिय विकास संचार योजना अन्तरसंवाद कार्यक्रम पोखरामा सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संचारीकाको स्थानिय विकास संचार योजना अन्तरसंवाद कार्यक्रम पोखरामा सुरु

संचारीकाको स्थानिय विकास संचार योजना अन्तरसंवाद कार्यक्रम पोखरामा सुरु

  • शुक्रबार, जेष्ठ १७, २०७६
संचारीकाको स्थानिय विकास संचार योजना अन्तरसंवाद कार्यक्रम पोखरामा सुरु

पोखरा, जेठ । खोजमुलक पत्रकारिता मार्फत निरन्तर सचेत गराउन सरोकारवालाहरुले जोड दिएका छन् । विकास तथा समृद्धिका अभियानहरुमा हुने कुनै पनि प्रकारका कमजोरीहरुको उजागर गर्दै सकारात्मक दवाव सृजनामा संचारको महत्वपुर्ण भुमिका रहने उनिहरुको तर्क छ ।

man bahadur gcसंचारीका समुह गण्डकीद्धारा पोखरामा आयोजित दुई दिने स्थानिय विकास संचार योजना अन्तरसंवाद कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिले तिनै तहका सरकारका बिचमा आवाश्यक समन्वयको अभावका कारण विकास प्रभावित बनेको बताएका छन् । शुसासनका सम्बन्धमा सकारात्मक दवाव आवाश्यक रहेको बताएका उनले खोजमुलक पत्रकारिता मार्फत निरन्तर सचेत गराउन सुझाव समेत दिए । गलत प्रवृतिको ढाकछोपका लागी पत्रकारहरुलाई नजिक बनाउने र हात मोल्ने परम्पराको अन्त्य जरुरी रहेको प्रमुख जिसिले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले केन्द्र, प्रदेश र स्थानिय सरकारहरुले तोकिएको अधिकार सहि रुपमा उपयोग गरे मात्र पनि जनताले अनुभुति गर्ने खालको विकास हुनेमा विश्वास व्यक्त गरेका छन् । जनप्रतिनिहरुलाई विकासका सम्बन्धमा विलम्व गर्ने समय नभएको बताएका उनले भोलिका दिनमा पनि अनुमोदित हुनु पर्ने अवस्थालाई ख्याल गर्नु पर्ने बताए । नेपाल उद्योग वाणीज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले अन्तर सरकारी समन्वय र अधिकार उपभोगको दायारालाई ख्याल गर्दै काम कार्वाहीहरु अगाडी बढाउन सके अपेक्षित उपलब्धि हाषिल गर्न सकिने बताए । कार्यक्रमका सहभागीहरुले शुसासन विकासको पहिलो र अन्तिम शर्त भनेका छन् ।

शुसासन विना पारदर्शि विकासको अपेक्षा गर्न नसकिने उनिहरुको तर्क छ । तसर्थ शुसासनका लागी संचार र संचारका लागी समन्वय आवाश्यक रहेकामा उनिहरुको जोड छ । दुईदिन सम्म चल्ने उक्त अन्तरसंवादले सथानिय विकासका संचार योजनाहरु तय गर्ने संचारीकाले समुहले जनाएको छ । कार्यक्रममा संचारकर्मी तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका