दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु | Samacharpati दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ५, २०७८
  • होमपेज
  • दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु

दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु

दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु

१७ जेठ, काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ ।

सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो ।

सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यहाँ पटकपटक हुने गरेका यस्ता झडपमा कैयनले ज्यान गुमाइसकेका छन् । यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।

आजको ट्रेन्डिङ समाचार