नेप्से सकारात्मक, कारोबार उच्च | Samacharpati नेप्से सकारात्मक, कारोबार उच्च – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • नेप्से सकारात्मक, कारोबार उच्च

नेप्से सकारात्मक, कारोबार उच्च

नेप्से सकारात्मक, कारोबार उच्च

काठमाडौं, जेठ १६ । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटप्रति सेयरबजारका लगानीकर्ता उत्साही देखिए ।

बजेट घोषणा भएको भोलिपल्ट बिहीबार सेयरबजार सकारात्मक रह्यो ।

नेप्से सुरुआती समयमा तीव्ररुपमा उकालो लागेर उतार–चढाव हुँदै सामान्य अंकले सकारात्मक रहेर थामिएपनि कारोबार उच्च डेढ अर्ब बढी पुग्यो ।

कारोबार सुरु हुनेवित्तिकै तीव्रदरले उकालो लागेर १३ सय ५० पुगेको नेप्से केही समयमै शिथिल हुँदै अन्तिममा ५ अंकले सकारात्मक रही १३ सय १९ कायम भएर थामियो ।

वाणिज्य बैंक, जीवनबिमा, अन्य र सामूहिक लगानी कोष समूह सकारात्मक रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो । वाणिज्य बैंक दोहोरो अंकले सुधारिएको हो । उत्पादनमूलक र होटल समूह दोहोरो अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीका ४९ लाख कित्ता बराबर सेयर एक अर्ब ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार