बजेटबारे पूर्वअर्थमन्त्रीहरु के भन्छन् ? | Samacharpati बजेटबारे पूर्वअर्थमन्त्रीहरु के भन्छन् ? – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • बजेटबारे पूर्वअर्थमन्त्रीहरु के भन्छन् ?

बजेटबारे पूर्वअर्थमन्त्रीहरु के भन्छन् ?

बजेटबारे पूर्वअर्थमन्त्रीहरु के भन्छन् ?

काठमाडौं, १६ जेठ । पूर्वअर्थमन्त्रीहरुले आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।

सत्तापक्षका पूर्वअर्थमन्त्रीहरुले बजेटको स्वागत गरेका छन् भने प्रतिपक्षका पूर्वअर्थमन्त्रीले बजेट वितरणमुखी र छरिएको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अपेक्षा गरेअनुसार बजेट नआएको प्रतिक्रिया दिए । नेकपाका सांसद एवं पूर्वअर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र विष्णु पौडेलले भने बजेटको स्वागत गरे ।

पूर्वअर्थमन्त्री पौडेलले बजेट ऐतिहासिक भएको बताए । पूर्वअर्थमन्त्री पाण्डेले भने बजेट सन्तुलित रहेपनि छरिएको र कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताए ।

आजको ट्रेन्डिङ समाचार