सीआइबीको अर्को ठूलो सफलता, थाइल्याण्डमा बसी मानवबेचविखन करोडौं ठगी गर्ने पक्राउ • Nepal's Trusted Digital Newspaperसीआइबीको अर्को ठूलो सफलता, थाइल्याण्डमा बसी मानवबेचविखन करोडौं ठगी गर्ने पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सीआइबीको अर्को ठूलो सफलता, थाइल्याण्डमा बसी मानवबेचविखन करोडौं ठगी गर्ने पक्राउ

सीआइबीको अर्को ठूलो सफलता, थाइल्याण्डमा बसी मानवबेचविखन करोडौं ठगी गर्ने पक्राउ

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १६, २०७६
सीआइबीको अर्को ठूलो सफलता, थाइल्याण्डमा बसी मानवबेचविखन करोडौं ठगी गर्ने पक्राउ

काठमाडौं, १६ जेठ । सीआईबीले थाइल्याण्डमा बसी मानवबेचविखन तथा ओसारपसार गर्ने तथा करोडौं ठगी गर्ने परशुराम गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गुरुङलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए ।

प्रहरीको अन्तराष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्डबाट काठमाडौं ल्याइएको हो । गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका