नबलपरासी, १६ जेठ । मिति २०७६/०२/१६ गते देवचुली नगरपालिका-२ हमाल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. २ ख ४८९० नम्बरको ट्रक विपरित दिशा तर्फ जाँदै गरेको ना.४ ख ५२९५ नम्बरको बस एक आपसमा ठक्कर खाँदा बसमा सवार गैंडाकोट नगरपालिका-१४ बस्ने वर्ष ६५ की कुमारी सुनारी, ७० वर्षिय जमुना माप्चन र हाल सम्म नाम थर वतन नखुलेकी अन्दाजी वर्ष ३५/४० की एक महिलाको मृत्यु भएको छ । साथै बसमा सवार अन्य २२ जना घाईते भई उपचारको लागि विभिन्न अस्पतालमा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।