काठमाडौं । पाकिस्तानको बाजौर जिल्लाको खार क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको मृत्य भएको छ । विस्फोटमा ४० जनाभन्दा धेरै घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।
खैबर पख्तुनख्वा प्रान्तमा जमियत उलेमा–ए–इस्लाम–फजलद्वारा आयोजित कार्यकर्ताको सम्मेलनमा विस्फोट भएको हो । घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेको छ । यो विष्फोटको कारण खुल्न सकेको छैन ।
सुरक्षा बलले विष्फोट भएको क्षेत्रलाई घेरेको छ । जमियत उलेमा–ए–इस्लाम–फजल महासचिव र सिनेटर मौलाना अब्दुल गफूर हैदरीले विस्फोटको कडा निन्दा गर्दै सुनियोजित षडयन्त्रमा देशको वातावरण बिगार्न खोजिएको बताउनुभएको छ ।
४० जनाभन्दा धेरै घाइतेक्षेत्रमा विस्फोटजनाको मृत्युपाकिस्तानको खार क्षेत्र