fbpx

विभिन्न बैंकका एटीएम मेशिन फोर्न प्रयास गर्ने २ जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

कास्की । पोखरामा विभिन्न बैंकका एटीएम मेशिन फोर्न प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार राति पोखरा महानगरपालिका–१० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटीएम, पोखरा–१५ वन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सन क्याम्प नजिक रहेको साङ्ग्रिला विकास बैंकको एटीएम मेशिन फोर्नका लागि तोडफोड गर्ने, ढुङ्गा हान्ने तथा सीटीटीभी क्यामेरा कागजले छोप्ने गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले घटनामा संलग्न उदयपुरको गाईघाट नगरपालिका–७ घर भई पोखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लम्जुङको मर्स्याङ्दी गाउँपालिका–४ घर छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...