काठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिण्डर विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १६मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा आज बिहीबार बिहान सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ।
विष्फोटमा परी ५० वर्षीया कुसुम केसी र चितवन भरतपुर महानगरपालिका घर भई तुलसीपुर १६ बस्ने २९ वर्षीय आशीष खनाल घाइते हुनुभएको छ ।
बिहानको समयमा खाना पकाउने बेलामा ग्यास लिक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि नेपालगञ्ज लगिएको छ।