काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–४ कोशी लोकमार्गस्थितमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी सप्तकोशी गाउँपालिका–१ का १९ वर्षीय निसान चौधरी र पछाडि सवार सुनसरी रामधुनी नगरपालिका–९ का १६ वर्षीय समिर चौधरी रहेका छन् ।
सोमबार बिहान ९ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुक्दा उनीहरू घाइते भएका थिए ।
दुवै जनाको उपचारको क्रममा विराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।