fbpx

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाइते २ जनाको मृत्यु

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । बारामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक बी।आर। ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३(००१ च ६७८८ नम्बरको पिकअपले ठक्कर दिंदा भारत बिहारको बैरगनिया निवासी २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते पाठकको उपचारका कलैयास्थित प्रादेशिक अस्पतालमा राति १० बजे मृत्यु भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार रौतहट गौर नगरपालिका–१ का २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनी वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिका(४ नेपाल बैंक अगाडि ना४ख ४१८६ नम्बरको तेल ट्याङ्करले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट बृन्दावन नगरपालिका(३ निवासी ४० वर्षीया बबिता ठाकुरको मृत्यु भएको डिएसपी सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते ठाकुरको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो ।

उक्त मोटरसाइकलमा सवार उनकी १० वर्षीय छोरी मोनी ठाकुर घाइते भएकी छन् ।

दुर्घटनामा संलग्न तेल ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...