आगामी १९ औं एसियाली खेलकुदको आयोजना नजिकिँदै गर्दा लाओसले आफ्नो तयारीमा तिब्र बनाएको छ । लाओसका केही खेलाडी र प्रशिक्षकले चीनको हानझाउमा शहरमा आयोजना हुने एसियाड पदक जित्न लक्ष्यसमेत राखेका छन् । लाओसको राष्ट्रिय सेपाक ताक्रो टोलीका सदस्य नौम सौभानलिथले आगामी एसियाडमा आफ्नो लक्ष्य पदक जित्नु नै रहेको बताउनु भयो । पछिल्लो इण्डोनेशियाको एसियाडमा पनि राम्रो प्रदर्शन गर्दै रजत पदक जितेकाले यो पटक पनि पदक जित्ने उनको विश्वास छ । यसका लागि तयारी पनि राम्रो भइरहेको उहाँको भनाइ छ । लाओसको राष्ट्रिय सेपाकताक्रो टोलीका प्रशिक्षक चन्दाई फियाथेपले चीनको हानझाउ शहरमा १९ औं एसियाडमा पनि प्रतिष्पर्धा गर्न पाउनु खुशी र गर्विलो क्षणको रूपमा प्रतिक्रिया दिनुभयो ।
हानझाउ शहर निकै सुन्दर रहेको उल्लेख गरेका लाओस प्रशिक्षक चन्दाईले एशियन गेमको रौनकले थप सुन्दर हुने उहाँको विश्वास छ । लाओस जनताका लागि एसियाडमा पदक जित्न आफूहरू आतुर रहेको लाओसको सेपाक ताक्रो टोली बतानुहुन्छ । हानझाउ एसियाडले एशियालाई एकताको सूत्रमा बाँध्ने लाओसका सेपाक ताक्रोका प्रशिक्षक चन्दाई फियाथेपको विश्वास छ । चीनले आयोजना गरेको एशियन गेम्सले सबै देशबीच एकता सन्देश प्रभाव गर्ने र एशिया मित्रताको भावना फैलाउने प्रशिक्षक चन्दाईले बताउनु भयो ।
लाओसका बेसबल प्रशिक्षक बी सेङ्गसौलिनले पनि हानझाउ एसियाडमा जित निकाल्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले यो एसियाडका लागि पछिल्ला ४÷५ महिनादेखि प्रशिक्षण गर्दै आएको उल्लेख ९५ प्रतिसत आफूहरू तयार रहेको बताउनु भयो । उहाँ चीनमा हुने प्रतिष्पर्धामार्फत पहिलो पटक एसियाड खेल्दै हुनुहुन्छ । त्यहाँको वातावरण कस्तो हुनसक्छ आफ्नो जानकारीमा नभए पनि आफू एसियाडमा पदक जित्ने सोचका साथ मात्र अगाडि बढेको उहाँको भनाइ छ ।
१९औं एसियाड आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाउ शहरमा शुरु हुँदैछ । उक्त एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौति प्रश्तुत गर्दैछन् ।
सिन्ह्वा