fbpx

पोखरामा जारी १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन डुंगा दौडमा तालपारी समूह प्रथम

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ ।

यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । होटल बाराहीका प्रवन्धक निर्देशक वैभव पौडेलले सिट्ठी फुकेर प्रतियोगिताको उद्घाटन गर्नुभएकाे थियाे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कारस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरियो । पाँचौं स्थान हासिल गर्ने समूहलाई जंगल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो । प्रतियोगिताका प्रमुख अतिथि पौडेल र संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।

सहभागीहरु पहारीघाटबाट डुंगा खियाएर ताल पारी रहेको लेकहाउमा पुगी पुनः सोही घाटमा फिर्ता आएका थिए । प्रत्येक समूहमा तीन जना सहभागी रहेका थिए । नयाँ बर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्धेश्यले तालमा डुंगा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयाे ।

प्रमुख अतिथि पौडेलले डुंगा दौड जस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाई राख्नुभयाे । नयाँ वर्षको अवसरमा आयोजित यस प्रतियोगिताले महोत्सवको रौनक बढाएको उहाँले बताउनुभयाे ।

पंचेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले व्यक्त गर्नुभयाे । प्रतियोगिताका लागि संगठनले निःशुल्क डुंगा उपलब्ध गराएको संगठनका सचिव शिव जिसीले जानकारी दिनुभयाे ।

प्रतियोगिताका अवसरमा नमस्ते हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । होटल बाराहीले प्रतियोगिताको प्रायोजन गरेको थियो । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गर्नुभएकाे थियाे । फेवा नब वर्ष महोत्सव अन्तर्गत विहीबार पनि नाचगान र खानपानका कार्यक्रम जारी रहे । फिस्टेल गेटदेखि खहरेसम्म आयोजित महोत्सवले पर्यटन, संस्कृति र खानालाई जोड दिएको छ । बाह्रसिंगे वियर महोत्सवको प्रमुख प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहसंयोजक रहेको छ । पोखरा महानगरपालिकाले सघाएको महोत्सवको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेका छ ।


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन