fbpx

बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबीआरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयीबन्दै अन्तिम आठमा प्रवेश गर्याे ।

आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्याे । यस्तै एलबी आरवाइसी काठमाडौं र केआइइसी बुनबीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं क्वाटरमा प्रवेश गर्याे ।

दिव्यज्योती र तारा एफसी ‘बि’ बीच भएको तेस्रो खेल गोलरहित बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ३–२ गोल अन्तरल हराउँदै दिव्यज्योती अन्तिम आठमा प्रवेश गर्याे । एलसी ब्रदर्श र मेनीमोरबी भएको चौथो खेलपनि निर्धारित समयमा खेल गोलरहित भएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले एलसीब्रदर्श विजयी बन्यो । पाँचौ खेलमा एट टु नाइनले डिफेण्डिङ च्याम्पियन गन्नीएफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । छैटौं खेलमा तारा एफसी ‘ए’ ले म्याक्सवेल एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे ।

सातौ खेलमा रामघाटले भिमकाली क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । यस्तै प्रिक्वाटरफाइनलको अन्तिम खेलमा एनटु क्याफे टुंडिखेलले नमस्ते ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गरेको खेल संयोजक रामकाजीगुरुङले जानकारी दिए । उनका अनुसार मंगलबार क्वाटरफाइनलका खेल सञ्चालन गरिनेछ भने बुधबार सेमिफाइनल खेल र बिहीबार फाइनल खेल सम्पन्न हुनेछ ।

कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक