पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका ३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो ।
ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक डीएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । बस करिब ४५ मिटर तल खसेको हो ।
बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।