बिटी कपमा प्रिक्वाटरका खेल जारी, आयोजक ह्वाइट
क्वाटरफाइनलमा प्रवेश

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् ।

खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा बुधबार भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन गुरुङले समान १÷१ गोलको योगदान दिए ।

यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १÷१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए ।

तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । लेकसाइडको जितमा सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १÷१ गोलको योगदान दिए ।

त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो ।

यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्याे ।

छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १÷१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो ।

सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १÷१ गोलको योगदान दिए ।

आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना
१ गोल फर्काएका थिए ।

खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् । पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन